• होमपेज
  • फिचर
  • आइजीपीमा खनाल कि खरेल ?

आइजीपीमा खनाल कि खरेल ?

  • आइतवार, चैत्र ११, २०७४
आइजीपीमा खनाल कि खरेल ?

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतिर आइजीपीको चर्चा चुलिएको छ । छनौट हुने महिना यही भएर पनि होला प्रहरी वृतमा मात्र होइन सुरक्षा क्षेत्रमै चासो र चर्चा बढेको हो ।

यी दुई सुरक्षा निकाय कस–कसको लागि फलिफाप होला ? व्यापक चर्चा परिचर्चा चुलिएको छ । दुई तिहाइको सर्वशक्तिमान सरकार चलाउँदै केपी ओली प्रधानमन्त्री भएसँगै आइजीपीबारे रोचक र घोचक टिप्पणी बजारमा सुरु भएको छ ।

नेपाल प्रहरीमा आइजीपी प्रकाश अर्याल र उनका समकालीन १५ एआइजीसहितको एक समूह चैत २८ मा अवकाशमा जानेछन् । त्यस लगत्तै दुई सुरक्षा निकायले नयाँ आईजीपी पाउने छ ।

नेपाल प्रहरीको २६औं आइजीपी  को ?
अहिले नेपाल प्रहरीमा चर्चा छ, सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की लगायत १२ डिआईजीको । वरियताका आधारमा पहिलो नम्बरमा रहेका खनालले नै प्रहरीको नेतृत्व हाँक्ने भनिरहेका बेला तेस्रो वरियतामा रहेका पुष्कर कार्की पनि आइजीपीको दौडमा कस्सिएका छन् ।

सर्वेन्द्र खनाल भारतीय सुटर बब्लु देवेलाई पक्राउ गर्नेदेखि कुमार घैंटेको इन्काउण्टर लगायतका दर्जनौं अपराधका अनुसन्धानकर्ता समेत हुन् भने भ्रष्टाचार र अपराधविरुद्धका प्रवक्ता जस्तो बोल्ने र काम पनि त्यही अनुसार गर्ने रमेश खरेल, यिनी पनि होनहार प्रहरी हुन् ।

तर आर्थिक मामिलामा निकै विवादमा परेपछि खरेल सकसमा परेका हुन् । खरेलले आफ्नै श्रीमतीलाई मिटर ब्याजमा अघि सारेर दाम कमाउन लगाएको आरोप छ भने सुराकी काण्ड पनि उत्तिकै जर्जर बनेको छ । तर, यी दुवै जुन जुन जिल्ला खटिए, त्यस त्यस जिल्लामा अपराध रोकेको जस भने कायमै रहेको छ ।

त्यसैगरि अर्का ३ नम्बरमा रहेका डिआइजी पुष्कर कार्की हाल सीआईबीमा रहेर उल्लेख्नीय काम गरिरहेकाछन् । बैंङ्किङ अपराध, बिट कोइन, नक्कली डाक्टरको धन्दाहरूका बारेमा उजागर गरिरहेका छन् । काठमाडौंमा रहँदा डन चरीलाई इन्काउन्टर गरेर उनले चर्चा कमाएका थिए ।

शसस्त्रमा को होला आइजीपी ?
सनत बस्नेत, कोषराज वन्तहरू भ्रष्टाचारमा डामिएर निस्कनु परेको सशस्त्र प्रहरीका वर्तमान आइजीपी सिंहबहादुर श्रेष्ठ नक्कली बिल, बिल नष्ट गर्ने आगलागी, ठेकेदारसँग मिलोमतोमा फसे पनि चोखै अवकाश पाउन सफल आइजीपी हुने भएका छन् । चेत २८ मा अवकाश पाउने पत्र बुझेका श्रेष्ठपछि को बन्ला सशस्त्रको आइजीपी ?

प्रतिस्पर्धामा छन् शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबाबु थापा । शैलेन्द्र खनालको चतुर्याइँले यसपालि ठेस खाने चर्चा पनि चलेको छ । आफूलाई शेरबहादुर देउवाको एक्का हुँ भनेजस्तो फुर्ति लगाउने गरेकाले शैलेन्द्र खनाल घाटामा पर्ने हुन् कि भन्ने खतराको घण्टी घन्किएको छ ।

Facebook Comments

सम्बन्धित समाचार