• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया मुद्दती खातामा ब्याजको ‘अग्रीम भुक्तानि’

एन आई सी एशिया मुद्दती खातामा ब्याजको ‘अग्रीम भुक्तानि’

  • आइतवार, चैत्र ११, २०७४
एन आई सी एशिया मुद्दती खातामा ब्याजको ‘अग्रीम भुक्तानि’

वाणिज्य बैंकहरु मध्येको एक यस एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ संञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तरगत, ग्राहक महानुभावले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११∞ को वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एन आई सी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्नेछन् ।

यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११% का दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८०% सम्मको कर्जा उपभोग समेत गर्न सक्नुहुनेछ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरु बाट समेत लाभ लिन सक्नेछन् ।

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८५ शाखा सहित निजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८८ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ ।

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ ।

त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार