• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया बैंकको नयाँ बचत योजना

एन आई सी एशिया बैंकको नयाँ बचत योजना

  • बुधबार, चैत्र ७, २०७४
एन आई सी एशिया बैंकको नयाँ बचत योजना

‘बैंक पनि, साथी पनि’ भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ ।

मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ ।

त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैंकिङ्ग सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०% छुट प्रदान गरिनेछ । साथै मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिनेछ ।

त्यस्तै सो खाता खोलि मोबाइल बैंकिङ्ग सेवा लिए पछि नेपाल टेलिकम वा एनसेलको रु १०० बराबरको रिचार्ज कार्ड समेत निशुल्क प्रदान गरिने छ ।

रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८% का दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाख सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिने छ । साथै, यस खातामा निशुल्क चेक जारी गर्न सकिने सुविधा छ र द्यबबिलअभ ऋभचतषष्अबतभ जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सिमित अबधी सम्म मात्र संञ्चालनमा रहने छ ।

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८४ शाखा सहित निजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ ।

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ ।

त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार