• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकको दुई शाखा विस्तार

जनता बैंकको दुई शाखा विस्तार

  • मङ्लबार, चैत्र ६, २०७४
जनता बैंकको दुई शाखा विस्तार

जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा थप दुई शाखा र पाँच शाखारहित बैकिङ्गबाट कारोबार सुरु गरेको छ । बैंकले बाराको सिमरौनगढ शाखाबाट चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट चैत्र ५ गते देखि शाखा संचालनमा ल्याएको छ । त्यस्तै, कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखारहित बैंकिङ्ग सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।

यससँगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार