विदेशबाट पैसा पठाउनु भनेको आईएमई गर्नु हो भन्नाले के बुझ्ने सीईओ साप ?
नेपालीहरूले विदेशमा दुःखले कमाएको पैसा सुरक्षित रूपमा, भनेको समयमा, उचित ठाउँमा उनीहरूको परिवारले पाउनेछन् । यो हाम्रो कर्तव्य पनि हो, हाम्रो उत्कृष्ट सेवा छ । विदेशमा जहाँ भए पनि पैसा पठाउने हो भन्दा आईएमई गर्नुहोस् भनिन्छ । त्यसकारण हामीले विदेशबाट पैसा पठाउनु भनेकै आईएमई गर्नु हो भनेका हौं । विदेशको जुनसुकै देशबाट पनि पैसा पठाउँदा ‘आईएमई गरिदिनुहोस्’ भनिन्छ । त्यसैले हामीले यो नारा अगाडि ल्याएका हौं नि !
युरोप र अमेरिकाबाट पैसा आईएमई गरेर पठाउँदा आईफोन सिक्स जित्ने योजना सार्वजनिक गर्नुभएको छ । यो गर्नुको कारण चाहिँ के होला ?
अहिले पनि युरोप र अमेरिकामा रहने नेपालीहरूले नेपालमा पैसा पठाउँदा महंगो शुल्क तिरेर पठाउनुपर्ने अवस्था छ । कति मान्छेहरूलाई त बैंकबाहेक अरू माध्यम छ भन्ने थाहा पनि छैन । हामीले कम लागतमै रेमिट्यान्स कम्पनीबाट पैसा पठाउन र चाँडै परिवारको हातमा पुग्ने एउटा सन्देश प्रवाह गर्न खोजेका हौं । र उहाँहरूलाई एउटा उपहार दिने योजना हामीले ल्याएका हौं । यो योजना राम्रो भएको छ ।
हालै, तपाईंहरूले आईएमई पे–कार्ड (मोबाइल बैंकिङ) सुरु गर्नुभएको छ । यो येजना कस्तो हो र कसले, कसरी लिन पाउँदछ त ?
यस अगाडि हामीले रेमिट्यान्स भित्र्याउने मात्रै गरेका थियौं । अहिले ‘आईएमई पे’ भनेर मोबाइल वालेट सुरु गरेका छौं । जहाँ देश, विदेशबाट पैसा मोबाइलमा लोड गरेपछि पैसा पठाउन, बिल भुक्तानी गर्न, टेलिकमको पैसा तिर्न सबै काम मोबाइलबाटै हुन्छ ।
यो सेवा कसरी उपलब्ध गराउनुहुन्छ त ?
यो हाम्रो काउण्टरमा गएर गर्न पनि सकिन्छ । वा आफैं ‘आईएमई पे’ डाउनलोड गरेर डिटेल भरेर बैंक वा हाम्रो काउण्टरबाट पैसा लोड गरेर चलाउन सकिन्छ ।
आईएमईको कार्यालयहरू विश्वका कति देशहरूमा छन् र मासिक कति पैसा नेपाल आउने गरेको छ ?
हाम्रो आईएमईमा विश्वको सबै देशबाट पैसा आउने गर्छ । हाम्रा पर्टनरसिप संसारभरि नै छन् । खाडी मुलुकदेखि युरोपमा समेत हाम्रो पार्टनरसिपमा मनिग्राम, रियाजस्ता ठूला कम्पनी छन् । उनीहरूको संसारभरि नेटवर्क छ । त्यसबाट पनि हाम्रोमा पैसा आउने गर्दछ । अहिले आईएमईबाट सिधै २५ प्रतिशत र निजी रेमिट्यान्स कम्पनीहरूबाट चाहिँ ५० प्रतिशत रेमिट्यान्स आईएमईबाटै नेपाल आएको छ भन्दा फरक पर्दैन ।
आईएमई नेपालकै नं. १ कम्पनी भनिन्छ । तपाईंले यति भनिरहँदा आईएमई यो उचाईमा पुग्नु पछाडिको रहस्य चाहिँ के होला त ?
हाम्रो सेवा मन पराएर हामीसँग जोडिनुभएका लाखौंलाख ग्राहकको कारणले हामी यो उचाईमा पुगेका छौं । साथै हाम्रा स्टाफ, शुभचिन्तक, प्रमोटर, मिडिया रेगुलेटर र सबै स्टेकहोल्डरहरूको मायाबाटै हामी नेपालको नं. १ कम्पनी भएका हौं ।
प्रसंग बदलौं– तपाईं ग्लोबल आईएमई बैंकको सत्तचालक पनि हो । हामीलाई भनिदिनुहोस् कि अहिले नेपालमा रेमिट्ययान्स कम भित्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको ४ गुणा बढी पूँजी वृद्धि भएकै कारणले बैंकहरूमा चर्को तरलता अभाव छ भनिन्छ । सत्य कुरा चाहिँ के हो ?
अहिले पहिलेजस्तो रेमिट्यान्स नआएर कम आएको सथ्य नै हो । र यसको असर पनि हो तर, तपाईंले भनेजस्तै बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिले पनि तरलता अभाव भएको हो । भित्री कुरा चाहिँ राज्य कोषमा रहेका करिब ४ सय खर्ब पैसा खर्च नहुनु नै मुख्य कारणजस्तो लाग्छ मलाई ।
अहिले बैकहरूले इतिहासमै नभएको कर्जा ब्याजदर १५÷१६ र डिपोजिट ब्याजदर १०÷११ प्रतिशत पु¥याएको अवस्था छ । के यो जायज हो त ?
यो ब्याजदर भन्ने कुरा बजारले निर्धारण गर्ने कुरा हो । कहिले बढ्ने त कहिले घट्ने प्रक्रिया नि सधैं रहँदै आएको हुन्छ । यसपटक चाहिँ तरलता चर्को अभाव भएपछि यस्तो तपाईंले भनेजस्तो ब्याजदर बजारमा आयो । यो राम्रो होइन । यो अवस्थालाई सम्बन्धित निकायले समयमै रोक्नु जरुरी छ । सधैं यस्तो नहोला, केही समयपछि राज्यको पैसा खर्च होला, विकास निर्माणका काम होलान् । यसपछि बजारमा पैसा आएपछि त समस्याको समाधान भइहाल्छ नि !
अहिले शेयर बजार घटेको छ । वाणिज्य बैंकहरूको शेयर २ सयभन्दा तल दोस्रो बजारमा किन्न पाइन्छ । कारण के हो ?
यसमा यस्तो छ । शेयर बजार घटबढ भइरहन्छ, यो स्वभाविक नै हो । तर धेरै तल आयो, यो राम्रो संकेत पक्कै होइन । बैंक तथा वित्तीय संस्थाहरूले पूँजी वृद्धिदर चार गुणा बढाए । प्रायजसो बैंक तथा वित्तीय संस्थाको राइट शेयर आए । त्यसमा पैसा गयो । ठीक यही बेला राज्यको ढिकुटीको पैसा खर्च नभएर बैंकहरूमा तरलता आयो । यी विविध कारण शेयर बजार घटेको हो । तर केही समयपछि उठ्नेछ । स्थीर सरकार आएको पनि छ नि !
नयाँ अर्थमन्त्री डा. युवराज खतिवडा बन्नुभएको छ । यसले नेपाली अर्थतन्त्रलाई कस्तो प्रभाव पार्ला त ?
अत्यान्तै राम्रो प्रश्न सोध्नुभयो । अर्थमन्त्री डा. खतिवडाम अर्थविद् हो । उहाँले बैंक तथा वित्तीय क्षेत्र र रेमिट्यान्स बुझ्नुभएको छ । उहाँले राष्ट्र बैंक हुँदै राष्ट्रिय योजना आयोग चलाउनु भएको थियो । उहाँसँग भिजन छ । आत्तिनुपर्ने कारण नै छैन । हामीले उहाँसँग ठूलो आशा र भरोसा लिएका छौं । त्यो भविष्यले नै देखाउने प्रष्टै छ नि !
फेरि प्रसंग बदलौं । अहिले पछिल्लो अवस्थामा विदेशबाट रेमिट्यान्स कम आएको, विदेश गएकाहरूले पठाएको पैसा उतै लगानी गरेको पनि देखिन्छ । यसलाई चाहिँ कसरी लिनुभएको छ त ?
तपाईंले भनेको कुरा शतप्रतिशत सत्य हो । तर अहिले विदेश जाने क्रम घटेको छ । पहिला जस्तै मुलुक अब रेमिट्यान्सबाट मात्र चल्ने अवस्था छैन । यो पहिले बुझ्न जरुरी छ । शैक्षिक जनशक्ती अध्यायनका लागि विदेश पुग्ने क्रम बढे पनि रोजगारीका लागि विदेश पुग्ने कामदार घटेका छन् ।
कतार, मलेसिया, दुबईजस्ता देशमा केही अप्ठ्यारा आएका कारण जाने क्रम घटेको छ । तर जापान, दक्षिण कोरिया जाने क्रम क्रमिक रूपमा बढेको छ । जापान, कोरियाबाट बैंकिङ प्रणाली र रेमिट्यान्स कम्पनीबाट पैसा आउने क्रम बढेको छ । उहाँहरूले आफ्नै मोबाइलबाट नेपाल पैसा पठाउने वातावरण तयार भएको छ ।
तपाईं नेपाल रेमिट्यान्स एशोसियशनको महसचिव । तपाईंहरूका समस्या चाहिँ के के छन् त ?
खासै समस्या त अब छैन । तर रेमिट्ययान्सको कारोबार रेमिट्यान्स कम्पनीहरूले मात्र गर्नु पाउनुपर्छ भन्ने हाम्रो कुरा छ । अहिले सबैजसो बैंकहरूले यो काम गरेका छन् । डलर हामीले बैंकलाई नै दिने हो । अर्को कुरा हुण्डीबाट आउने पैसा राज्यले सोध्नुपर्दछ । लिगल रूपमा पैसा भित्र्याउनु भनेको आईएमई गर्नु हो भन्ने हाम्रो मान्यता छ ।
तपाईंले यस्तो भनिरहँदा तपाईंजस्तै रेमिट्यान्स कम्पनीहरूले हुण्डी गरेको र पक्राउ परेका उदाहरण प्रशस्तै छन् नि !
हामी यो रोक्न चाहन्छौं । हाम्रो रेमिट्यान्स एशोसियशनमा पनि यसबारे छलफल, बहस नभएको होइन । यो इलिगल पैसा भित्र्याउनु अपराध हो । यसले देशको राजश्व उठाउँदैन । यस्तो पैसाले देशमा अनैतिक काम हुन्छ । यसमा राज्य लाग्नुपर्दछ ।
विगतमा दक्षिण कोरिया, जापानबाट हुण्डीमार्फत् पैसा आउने गरेका प्रशस्त उदाहरण छन् । अहिले रेमिट्यान्स कम्पनीबाट पैसा आएको छ त ?
मैले अगाडि नै भनिसकें । अहिले दक्षिण कोरिया र जापानबाट रेमिट्यान्स कम्पनी र बैंकमार्फत् पैसा आएको अवस्था छ । हुण्डीबाट पहिलाजस्तो पैसा आउने क्रम क्रमिकरूपमा कम भएको देखिन्छ ।
नेपालमा आउने पैसा आईएमईबाटै ं५० प्रतिशत भित्रिएको कुरा बताउनुभयो । यो कसरी सम्भव भयो त ?
निजी रेमिट्यान्स कम्पनीहरूबाट नेपाल चित्रिने रेमिट्यान्समध्यै करिब ५० प्रतिशत हिस्सा आईएमईबाटै आउने गरेको कुरा सत्य हो । यो ग्राहकहरूको माया र हाम्रा राम्रा प्रोडक्टको उत्पादनले सम्भव भएको हो । सबै स्टेकहोल्डरहरूको मायाबाटै सम्भव भएको प्रष्टै छ । यसबाट पाठ सिक्दै विदेशबाट पैसा पठाउनु भनेको आईएमई गर्नु हो भनेका छौं नि !
तपाईं आईएमईको सीईओ र ग्लोबल आईएमई बैंकको सञ्चालक हुनुहुन्छ । कसरी समय मिलाउनु भएको छ ? यी दुई फरकधारका संस्थामा काम गर्दा कस्तो अनुभव हुन्छ ?
म रेमिट्यान्स कम्पनी आईएमईको सीईओ हुँ । आज नेपालमा जसरी आईएमईबाट पैसा आएको छ, यसको श्रेय सबै ग्राहक, प्रमोटर, रेगुलेटरलाई जान्छ । आईएमई नेपालको नं. १ रेमिट्यान्स कम्पनी हो । काम गर्न मजा लाग्छ । अर्कोकुरा उठाउनुभयो बैंकको । म पहिला बैंकमा काम गरेको मान्छे हुँ । बैंकमा जनताको डिपोजिट हुन्छ । यसको सदुपयोग गर्ने दायित्व सञ्चालकहरूको पनि हुन्छ । नाफा दिनुपर्छ प्रमोटर, शेयरधनी तथा लगानकिर्तालाई । सही नीति, निर्देशन व्यावस्थापनलाई दिने दायित्व बैंक बोर्डको हो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
आईएमई गरौं र पैसा पठाएको केही समयमै परिवारसम्म हामी पु¥याइदिनेछौं । नेपालमा पैसा पठाउनु भनेको आईएमई गर्नु हो । लाखौं ग्राहक, रेगुलेटर, प्रमोटर तथा तपाईंजस्ता पत्रकारहरूको माया, सहयोग, सद्भावना र प्रेरणाले गर्दा हामी नेपालको नं. १ कम्पनी बन्न पाएका छौं । यसमा म गौरव गर्दछु । साथै हाम्रा कर्मचारी साथीहरूको मिहेनत र परिश्रमले गर्दा नै हामी यो अवस्थामा आएका हौं । आईएमई गरौं, घरपरिवारसँग खुसी साटासाट गरौं । हामी तपाईंहरूको सेवामा सधैं तत्पर छौं भन्न चाहन्छु ।आर्थिक बजार मार्सिकबाट