• होमपेज
  • समाचार
  • यती एअरलाईन्स–तारा एअरले सगरमाथा क्षेत्र सर–सफाईका अभियान

यती एअरलाईन्स–तारा एअरले सगरमाथा क्षेत्र सर–सफाईका अभियान

  • सोमवार, चैत्र ५, २०७४
यती एअरलाईन्स–तारा एअरले सगरमाथा क्षेत्र सर–सफाईका अभियान

लुक्ला, नेपालः यती एअरलाईन्स–तारा एयरले खुम्ब्ु पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौँमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । यो अभियान एअरलाइनको २००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो ।

१७ मार्च, २०१८ मा लुक्ला एयरपोर्टमा एक उद्घाटन कार्यक्रम आयोजना गर्दै, एअरलाइन्सले पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरी सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो । लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो ।

यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिको आफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय छ । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौँ ल्याइएको छ ।

एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वय गर्दछन् भने ब्लू वेस्ट टु भ्यालु, काठमाडौँको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकल गर्दछ । सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् ।

हाम्रो एअरलाइन्सको तर्फबाट हामी एसपीसीसी, हिमालयन क्लब, ब्लू वेस्ट टु भ्यालु तथा यस अभियानमा संलग्न अन्य संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दछौँ । हामीलाई सामाजिक रुपमा अझ जिम्मेवार बनाउन हाम्रो प्रयासमा उनीहरूको मार्गदर्शन र समर्थनको लागि युएनडीपी प्रति आभारी छौँ।

हामीलाई पर्यावरण संरक्षणको यस पहलमा साथ दिनुहुने मिडियालाई पनि धन्यवाद दिन चाहन्छौँ, यती एअरलाईन्स–तारा एअरका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले भने ‘हामी आशा गर्दर्छौँ कि यस्तो सहयोगी प्रयासहरूले हाम्रो ग्रहको दुर्वल प्राकृतिक अवस्थाको सुरक्षामा सफलताको लागि नेतृत्व गर्नेछ र भावी पिडीहरूले त्यसको आनन्द उठाउँनेछन् ।’

‘खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिका र एसपीपीसी परिवारको तर्फबाट, यस अभियानमा सामेल भई हामीलाई साथ दिनुभएकोमा हामी यती एअरलाईन्स–तारा एअरलाई धन्यवाद दिन चाहन्छौँ ।

लुक्लाबाट काठमाडौँ फोहोर एयरलिफ्ट गर्ने यस कार्य एक बहुमूल्य सहयोगको रूपमा देखिन्छ’, खुम्बु पासाङ ल्हामु ग्रामीण नगरपालिकाका अध्यक्ष तथा एसपीपीसीका उपसभापति निम दोर्जी शेर्पाले भने ‘हामीलाई विश्वास छ कि यस सहयोगले सगरमाथा क्षेत्रको संरक्षण र दिगो पर्यटन प्रचार गर्न धेरै मद्दत पुग्नेछ ।’

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने