• होमपेज
  • समाचार
  • सेञ्चुरी बैंकको सातौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०% लाभांश पारित

सेञ्चुरी बैंकको सातौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०% लाभांश पारित

  • बुधबार, फाल्गुन ३०, २०७४
सेञ्चुरी बैंकको सातौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई १०% लाभांश पारित

सेञ्चुरी कमर्सियल बैंकले सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले शेयरधनीलार्इ चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न संचलक समितिको प्रस्ताव पारित गरेको  जनाएको छ।कका अनुसार ५ प्रतिशत बोनस शेयर पारित गरेसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को वासताल पारित गरेको छ। बैंकले गत आर्थिक वर्षमा ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकले उपत्यका भित्र ११ वटा र उपत्यका बाहिर ८२ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर,१० वटा शाखा रहित बैंकिङ सेवा सहित जम्मा १११ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार