• होमपेज
  • समाचार
  • एनआईसी एसिया र बैंकर्स संघको मिल्यो विवाद

एनआईसी एसिया र बैंकर्स संघको मिल्यो विवाद

  • मङ्लबार, फाल्गुन २९, २०७४
एनआईसी एसिया र बैंकर्स संघको मिल्यो विवाद

एनआईसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीच चर्किको विवाद नेपाल राष्ट्र बैंकले मध्यस्थता बनी सहमति गरएका छ । जसअनुसार एनआइसी एसियाले बैंकर्स संघले निर्धारण गरेको ब्याजदरलाई बेवास्ता गरी बढाएको ब्याजदर फेरी घटाउने छ । भने २७ वटा वाणिज्य बैंकहरुले एनआईसी एसिया बैंकसँग अन्तर बैंक कारोबार तोड्ने, सहयोग नगर्ने भनी निर्णय गरेको पनि फिर्ता भएको छ ।

सम्झोता अनुसार एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेको थियो भने अब अरु बैंकहरुकै जस्तो बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिनुपर्नेछ ।

बैकले ग्राहक बर्गलाई आफूले दिन चाहेको व्याजदर सेवामा बैंकर्स संघले अबरुद्ध गरे पनि अन्य सेवा र सुविधामा सधै अग्रणी भूमिका खेलीरहने र चैत २ गतेसम्म तोकिएकै व्याज दिने प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार