संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बागलुङ जिल्लाको ाबरेङ्ग गाउँपालिकाम १ र कास्की जिल्लाको माछापुच्छे« गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ ।
बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका वडा नं. २ स्थित बैंकको बरेङ्ग शाखा बरेङ्ग गाउँपालिकाकी अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा ज्यूबाट एक समारोहका विच समुद्घाटन भएको हो । त्यसैगरी कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नं. ४ स्थित माछापुच्छे«े शाखा माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दबाडीबाट समुद्घाटन भएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सञ्चालनमा आएका बैंकका बरेङ्ग शाखा कार्यालय र माछापुच्छ«े शाखा कार्यालय बाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।