• होमपेज
  • फिचर
  • ३० करोडको सफ्टवेयर, ८० करोडको बिल, ५० करोड घोटला

३० करोडको सफ्टवेयर, ८० करोडको बिल, ५० करोड घोटला

  • शुक्रबार, फाल्गुन २५, २०७४
३० करोडको सफ्टवेयर, ८० करोडको बिल, ५० करोड घोटला

नेपाली बैंक तथा वित्तीय संस्थाले अहिले जनताको पैसामा घुमाउरो पारामा जताततै घोटला भएका घटना सार्वजनिक भएका छन् । आधा दर्जन बैंक तथा वित्तीय कम्पनीहरूले बैंकको नयाँ आईटी सफ्टवेयर धमाधम खरिद गरेका समाचार बाहिर आएका छन् । केही महिना अगाडि एउटा वाणिज्य बैंकमा विदेश पठाएको पैसा ह्याक भएपछि बैंकहरूले विश्वव्यापी सफ्टवेयर ‘फिनाकल १०’ आईटी खरिद गरेका छन् ।

कुमारी बैंक ४ वटा विकास बैंकसँग मर्जर भएपछि नयाँ आईटी खरिद गरी सबै ४ वटै विकास बैंकको कारोबार ‘फिनाकल १०’ सफ्टवेयरबाट आज शुक्रबारबाट बारोबार सुरु गरेको स्रोतको दाबी छ ।

कुमारी बैंकका अध्यक्ष सन्तोष कुमार लामा र सीईओ सुरेन्द्र भण्डारीले ‘फिनाकल १०’ सफ्टवेयर खरिद गरी करोडौं कुम्ल्याएको नाम नलेख्ने शर्तमा एक सञ्चालकले बताए । बंगलादेशबाट रु ३० करोड मूल्यमा खरिद गरी ८० करोडको एलसी खोली ५० करोड घोटला गरेको बैंकका ती सञ्चालकले राजतिलक साप्ताहिकलाई बताए ।

ती सञ्चालकले नाम भने, ‘हाम्रो सञ्चालक समिति बैठकले नयाँ सीईओ आएपछि आईटी खरिद गर्ने निर्णय गरेको थियो । त्यसपछि सीईओ भण्डारी र अध्यक्ष लामाले एउटा बंगलादेशी कम्पनीसँग महंगो मूल्यमा ‘फिनाकल १०’ सफ्टवेयर खरिद गरी करोडौं कुम्ल्याएका छन् ।’ अध्यक्ष लामा अचेल दिनभरि बैंकमा नै ड्युटी गर्छन् । उनको कोठा छुट्टै छ । उनको सबै खर्च बैंकबाट सीईओ भण्डारीले दिएको ती सञ्चालकले बताए ।

अर्को कुरा के छ भने सीईओ भण्डारी र अध्यक्ष लामाले कुमारी बैंकका पुराना तथा राम्रा कर्मचारीहरूलाई राम्रा ठाउँमा जिम्मेवारी नै दिएका छैनन् । सेञ्चुरी बैंकका सीईओ अनुजमणि तिमिल्सिनालाई डिपुटी सीईओ बनाएर कुमारी छिराएका छन् । तिमिल्सिनाका आफ्नै भाइ मनिष तिमिल्सिनालाई एजिएम बनाएर सेञ्चुरीबाटै लगेको फेला परेको छ ।

काण्टमाण्डप डेभलपमेन्ट बैंकका पूर्व सीईओ उमेस भण्डारी र कुमारी बैंककै पूर्व निमित्त सीईओ राजीव गिरीलाई जिम्मेवारी नदिई पेण्डुलम बनाएको ती सञ्चालकले दाबी गरे । पछिल्लो समय राप्रपाका नेता लामा अध्यक्ष भएपछि राप्रपाकै सैद्धान्तिक विचारधारा राख्ने भण्डारीलाई सीईओमा सिद्धार्थ बैंकबाट कुमारी बैंक भित्र्याएका थिए ।

कुमारी बैंकमा भण्डारी सीईओ भए पनि अध्यक्ष लामा र सीईओ भण्डारीको जोडीले आईटी सफ्टवेयर खरिददेखि भवन बनाउने योजनासमेत गरेर जनताको पैसामा ठूलो रकम घोटला गरेको फेला परेको छ । पूँजी वृद्धिमा अरू वाणिज्य बैंकहरूले ८ अर्र्र्र्र्र्ब पुर्याए पनि कुमारीको ६ अर्बभन्दा कम छ । राइट शेयर दिने निर्णय भए पनि बैंकभित्रको गडबडीले स्वीकृत भएको छैन ।

शाखा सञ्जाल अत्यान्तै कम छन् । दुर्गममा कुमारी बैंक गएको छैन । राष्ट्र बैंक र अख्तियारमा सीईओ भण्डारी र अध्यक्ष लामा विरुद्ध उजुरीको चाङ नै छ । तर पनि नयाँ आईटी सफ्टवेयर ‘फिनाकल १०’ खरिद गरेर जनताको करोडौं पैसा घोटला गरेको भेटिएको हो ।

व्यावस्थापन टिमको तलदेखि माथिसम्म नेतृत्व नै परिवर्तन गरी अध्यक्ष लामा र सीईओ भण्डारीले जनताको रगत र पसिनाबाट आर्जित डिपोजिटमा फुपूको श्राद्ध गरेको भेटिए पनि राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले किन कारबाही गर्दैन । यो खोजीको विषय बनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा