• होमपेज
  • अटो
  • एमएडब्लुद्वारा यामाहा स्कुटर हस्तान्तरण

एमएडब्लुद्वारा यामाहा स्कुटर हस्तान्तरण

  • शुक्रबार, फाल्गुन २५, २०७४
एमएडब्लुद्वारा यामाहा स्कुटर हस्तान्तरण

१०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ । ३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पु¥याउनुका साथै साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनहरुमा स्कुटरचालकका रुपमा आफूले भोगेका अप्ठेरा र समस्याका बारेमा अनुभव बाँडेकी थिइन् । ‘थाइल्यान्ड बसाइको बेला त त्यस्तो समस्या आएन तर नेपाल फर्केपछि भने विभिन्नखाले समस्या आइलागे । छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडि स्कुटर चढेर हिंड्नु कम्ता चुनौतीपूर्ण थिएन,’ वरिष्ठ सौन्दर्य व्यवसायी तथा महिला उद्यमी श्रेष्ठ भनिन्, ‘समाजले राम्रो नजरले हेर्दैनथ्यो ।

जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिसहरु थिए । तर घरपरिवारको साथ पाएर लामो समयसम्म स्कुटर चलाएँ ।’ उनी हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीकी अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्षसमेत छिन् ।

स्कुटर चलाउँदा आफूलाई स्वतन्त्रताको अनुभव गरेको पनि उनले बताइन् । ‘पहिले मोटरसाइकल नै थोरै हुन्थे । चालकहरु सबैजसो पुरुष हुन्थे । त्यो भीडमा म एक्लै महिला हुन्थेँ,’ उनले अगाडि थपिन्, ‘तर स्कुटरले गर्दा कामको सिलसिलामा यताउता जान सजिलो हुन्थ्यो । मेरो उद्यमशिलतालाई यहाँसम्म ल्याउन मेरो स्कुटरले अतुलनीय भूमिका निभाएको थियो ।’

श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए । ‘स्कुटरले महिला मात्र होइन पुरुषको पनि स्वतन्त्रता, आत्मविश्वास र सशक्तिकरणमा भूमिका खेलेको छ,’ उनले भने ।

यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार (७ मार्च)मा नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो । यसै अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरहरुबाट सबै ब्रान्डका स्कुटरलाई निशुल्क ‘वास’ गरिदिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि