• होमपेज
  • समाचार
  • बैँक र क्यापिटल मर्चेन्टबिच डिम्याट खाता खोल्ने प्रतिस्पर्धा

बैँक र क्यापिटल मर्चेन्टबिच डिम्याट खाता खोल्ने प्रतिस्पर्धा

  • सोमवार, फाल्गुन ७, २०७४
बैँक र क्यापिटल मर्चेन्टबिच डिम्याट खाता खोल्ने प्रतिस्पर्धा

काठमाडौँ । प्राथमिक शेयरलाई लक्षित गर्दै बैंक र क्यापिटल मर्चेन्ट बैंकरबीच (डिम्याट) हितग्राही खाता खोल्ने प्रतिस्पर्धा सुरु भएको छ ।

केही बैंक र क्यापिटल कम्पनीले निःशुल्क सेवा दिने र कतिपय बैंक घरमै पुगेर न्यूनतम शुल्कमा खाता खोल्ने सेवा दिन थालेको पाइन्छ । तरलता अभावमा रहेका बैंकहरुले आफ्नो निक्षेप सुरक्षित गर्न खाता खोल्ने अभियान चालाएका हुन भने ।क्यापिटलले दैनिक आम्दानी बढाउन डिम्याट खाता खोल्न थालेका हुन् ।

बैंकले तामाकोशीको शेयर निष्कासन नहुन्जेलसम्म गाँउमा गएर खाता खोल्ने अभियान जारी रहने जनाएको छ । बैंकले नगद खाता बैंकमा र डिम्याट खाता सीबिआईएल क्यापिटल मार्फत खोल्दै आएको छ । प्रभावित क्षेत्रका लगानीकर्ता, बैंक र क्यापिटललाई दीर्घकालिन पुर्याउन अभियान चलाएको सीबिआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिर दाहालले जानकारी दिए । पछिल्लो समय क्यापिटल व्यवसायमा प्रतिस्पर्धा बढेकोले डिम्याट खाता बढाउन स्कीम ल्याएको उनले बताए ।

बैंकमा खाता खोल्दा प्राथमिक शेयर आबेदनकर्ताको पैसा बैंकमै रहने र डिम्याट खाता हुँदा क्यापिटललाई दोस्रो बजारमा गरिएको प्रत्येक कारोबारबाट २५ रुपैयाँ पाउने दाहालले बताए । लक्ष्मी क्यापिटलले विगत एक महिना देखि डिम्याट खाता खोल्ने अभियान थालेको छ । क्यापिटलले सान्जेन र रसुवागढी हाइड्रोपावरको प्राथमिक शेयरलाई लक्षित गर्दै अभियान सुरु गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार