संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ ।
छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको छ । नेपालमा पनि त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा अवस्थाको सृजना गर्न सबै क्षेत्रका सबै व्यक्तिहरु एकजुट भएर लाग्नु पर्दछ ।
एशियाकै दोस्रो ठूलो उपत्यका दाङ्गमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना छ । यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानी गर्न चाहने इच्छुक सबैसंग मिलेर काम गरे मात्र समग्र नेपालको विकास सम्भव छ ।
“उद्योग ,व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने मुल नाराका साथ दाङ्ग उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन् ।