• होमपेज
  • बीमा
  • आइएमई जनरल इन्स्योरेन्सको थप ३ शाखा

आइएमई जनरल इन्स्योरेन्सको थप ३ शाखा

  • सोमवार, माघ २२, २०७४
आइएमई जनरल इन्स्योरेन्सको थप ३ शाखा

 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले संयुक्त रुपमा गरे ।

कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यद्धय ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले दोश्रो त्रैमासिकसम्म रु.४३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार