• होमपेज
  • समाचार
  • एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर पारित

एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर पारित

  • बुधबार, माघ १०, २०७४
एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर पारित

 

एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३/०७४को बाषिर्क प्रतिवेदन पास गरेको छ ।साधारण सभाले कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि अनुमोदन गरेको छ । बोनस सेयर वितरणपछि एभरेष्ट बैंकको चुक्तापुँजी राष्ट्र बैंकले तोकेको ८ अर्बभन्दा बढि हुने बैंकले जनाएको छ ।

यसै गरी बैंकले साधारण सभाको अवसार पारेर महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखर ठाउँका आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

बैंकले साधारण सभाको अबरसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको बैकले बताएको छ ।

यसका साथै बैंकले देशभर ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट सेवा दिदै आएको बैंकले निकट भबिष्यमा ११ नयाँ शाखा थप गर्ने योजना बनाएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

Facebook Comments

सम्बन्धित समाचार