• होमपेज
  • मनोरञ्जन
  • ‘कथा ७२’ को टिजर रिलिज

‘कथा ७२’ को टिजर रिलिज

  • मङ्लबार, माघ ९, २०७४
‘कथा ७२’ को टिजर रिलिज

२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ फस्ट लुक सार्वजनिक भएको छ । प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेको चलचित्रको युट्युवमा टिजर रिलिज गर्दै फस्ट लुक्स सार्वजनिक भएको हो ।
लोकल सिनेमा प्रा.लिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको ‘कथा ७२’  आउँदो वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।
‘कथा ७२’ को १ मिनेट ५८ सेकेन्डको टिजरमा सिन्धुपाल्चोक प्रशिद्ध उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ । टिजरसंगै चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ ।
टिजरको युट्युव लिंक
Facebook Comments

सम्बन्धित समाचार