• होमपेज
  • मनोरञ्जन
  • मालिकाको उपन्यास सुवर्णलता विमोचित

मालिकाको उपन्यास सुवर्णलता विमोचित

  • मङ्लबार, माघ ९, २०७४
मालिकाको उपन्यास सुवर्णलता विमोचित

 

मालिका केशरीद्वारा लिखित सुवर्णलताको सोमबार काठमाडौंमा विमोचन भएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त तथा प्राज्ञ गीता केशरीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।

पुस्तकमा नारीको वर्तमान अवस्था र विगतको तुलना गरिएको छ । बौद्ध दर्शनको बारेमा पुस्तकमा परिचर्चा गरिएको पाइन्छ । पुस्तकको बारेमा बोल्दै सरुभक्तले भने, ‘नेपाली साहित्यमा युवा पुस्ताको प्रवेश आशालाग्दो तवरले भएको छ । आत्मैदेखिको चाहनाले उत्प्रेरित भएर लेखकले साहित्य सिर्जना गरेका छन् ।’

उपन्यास नायिका प्रधान भएको चर्चा गर्दै उनले यस्ता कृतिबाट नेपाली साहित्यको भण्डार वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
प्राज्ञ गीता केशरीले उपन्यासको बारेमा समीक्षा गरेकी थिइन् । उनले बुद्ध वाणीमा आधारित यस्ता सिर्जना नेपाली साहित्यमा आवश्यक भएको बताइन् । साल्दाङमा बाटो खन्दा भेटिएकी नायिका सुवर्णलताबाट उपन्यासले नयाँ मोड लिन्छ ।

मिथकीकरण गरेर भए पनि बुद्ध उपदेशलाई स्थान दिएको भन्दै थप यस्ता रचना आउनेमा उनले आशा व्यक्त गरिन् । उपन्यासमा लेखाकले देखाएको हजुरआमा र नातिनी बिचको सम्बन्ध अति नै सौहार्द रहेको चर्चा गर्दै उनले भनिन् यसले बृद्धबृद्धालाई गरिने ब्यवहारमा नै परिवर्तन ल्याउन सक्ने बताइन् ।

लेखक मालिका केशरीले हजुरआमाले बाल्यकालमा सुनाएका कथाबाट नै आफूमा लेखनकला विकास भएको विचार व्यक्त गरे । कार्यक्रममा लेखककै ‘पुनरुत्थान’ को दोस्रो संस्करणको पनि विमोचन गरिएको थियो । त्यस पुस्तकमा द्वन्द्वकालमा नेपाली समाजको अवस्था चित्रण गरिएको छ । तत्कालीन परिवेशमा सर्वसाधारण कसरी विद्रोही र सेनाको दोहोरो चेपुवामा परेका थिए भन्ने विस्तृत वर्णन गरिएको छ । मालिका केशरीका दुवै उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा