ग्लोबल आइएमई बैंकले लि. आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । सिराहा जिल्लाको भगवानपुर गाउपालिका २, नहरारिगौल स्थित श्री लक्ष्मी नारायण जनता मा.वि को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल नेत्र ज्योती संघ तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर आयोजना गरेको हो ।
पहिल्लो समय वातावरण प्रदुषण तथा अन्य विभिन्न कारणबाट धेरै मानिसको आखाँमा विभिन्न समस्याहरु देखिन थालेको कारण उक्त शिविर संचालन गरिएको हो ।
ग्लोबल आइएमई बैंक लि.ले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहदै आएको छ ।