• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइजको २० औँ शाखारहित बैंकिङ्ग सेवा

सन्राइजको २० औँ शाखारहित बैंकिङ्ग सेवा

  • बुधबार, माघ ३, २०७४
सन्राइजको २० औँ शाखारहित बैंकिङ्ग सेवा

सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २० औँ शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोदावरी नगरपालिका, वडा नं ९ का अध्यक्ष आत्माराम थापाले एक समारोहका बीच गरे । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरे ।

साथै बैंकको भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट गरेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार