ज्योति विकास बैंक लिमिटेडको सीईओमा मनोज ज्ञवाली नियुक्त भएका छन् । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकमा समेत काम गरेका ज्ञवाली बैैकिङ क्षेत्रमा करिव १३ बर्षको अनुभव भएका ज्ञवाली यसअघि ज्योति विकास बैंकमा नै डेपुटी कार्यकारी प्रमुख थिए ।