• होमपेज
  • समाचार
  • ग्लोबल आइएमई बैंकको शाखा बाग्लुङ्ग बुर्तिवाङ्गमा

ग्लोबल आइएमई बैंकको शाखा बाग्लुङ्ग बुर्तिवाङ्गमा

  • आइतवार, पुस ३०, २०७४
ग्लोबल आइएमई बैंकको शाखा बाग्लुङ्ग बुर्तिवाङ्गमा

मिति २०७४ पौष ३० गते, आइतबार बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा ग्लोबल आइएमई बैंक लि.ले नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका चन्द्र प्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गर्नुभयो ।

त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गर्नुभयो ।
उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दे जाने बताउनुभयो ।

त्यस्तै उहाँले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा उद्योँग वाणिज्य संघ बाग्लुङ्गका प्रतिनिधिहरु, विभिन्न राजनितिक दलका स्थानिय प्रतिनिधि, स्थानिय समाजसेवि लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार