• होमपेज
  • समाचार
  • युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको इन्टरनेट बैकिङ्ग सेवा शुरु

युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको इन्टरनेट बैकिङ्ग सेवा शुरु

  • शनिबार, पुस २९, २०७४
युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको इन्टरनेट बैकिङ्ग सेवा शुरु

सहकारीको भिडमा छोटो समयममा नै आफनो बेग्लै पहिचान बनाउन सफल युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको दोस्रो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको दोस्रो बर्षमै सहकारीले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिन सफल भएको छ ।

शनिबार राजधानीमा आयोजित दास्रो बार्षिक साधारण सभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।

उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए । ढकालले एक सहकारी एक सदस्यको निती अनुरुप अगाडी बढ्न अनुरोध गदै सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए ।

सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७३र ०७४मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए ।
साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)ले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए ।

उनले सबैको साथ सहयोगबाट सहकारीले दुई बर्षमा ३५ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए । उनले स्थापना कालदेखि देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि बिशेष कार्यक्रम संञ्चालन गदै आएको बताउँदै आजैबाट इन्टरनेट बैकिङ्ग सेवा शुरु गरेको जानकारी दिए ।

काठमाण्डौको न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभाको अवसरमा बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिने कर्मचारीलाई सम्मान गरिएको थियो ।

उत्कृष्ठ कर्मचारीमा आस्मा बिष्ट लगायत ६ जनालाई सम्मान गरिएको थियो । सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

‘सुरक्षित बचत सुरक्षित लगानी उज्वल भबिश्य हाम्रो प्रतिवद्धता’ भन्ने मोटोलाई आत्मसाथ गरेको सो सहकारीका १५०० भन्दा बढी सदस्य रहेका छन् । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सदस्यलाई सेवा दिदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने