• होमपेज
  • समाचार
  • चार करोडको लागतमा पक्की कुलो

चार करोडको लागतमा पक्की कुलो

  • बिहिबार, पुस २७, २०७४
चार करोडको लागतमा पक्की कुलो

जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ । एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी रु चार करोडको लागतमा पक्की कूलो निर्माण भइरहेको हो ।

आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानका लागि उक्त कुलो बरदान साबित हुने भएको छ । सिँचाइ विकास डिभिजन कार्यालयले सो कुलो निर्माण गर्न लागेको हो ।

गत वर्षदेखि कुलो निर्माण थालिएको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङ बताउनुहुन्छ । देउमाई नगरपालिका र एकतप्पाबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पामा सिँचाइ सुविधा पुग्नेछ । करिब १२ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पाका एक हजार ५०० घरधुरी लाभान्वित हुने अध्यक्ष योङहाङ बताउनुहुन्छ । अहिलेसम्म करिब चार किलोमिटर कुलो निर्माण भइसकेको छ ।

यहाँका किसानले कुलो निर्माण शुरु भएपछि राहत महसुश गरेका छन् । “सागसब्जी लगाउन पाइँदैन्थ्यो, कुलो बनेपछि तरकारी उत्पादन शुरु गरेका छौँ,” योङहाङले भन्नुभयो ।

पाँचथर र इलामका गरी ८० जना मजदुर कुलो निर्माणमा जुटेका छन् । यहाँको रूपटार, पितामरूङ र खम्बुवा अन्नको भण्डार नै मानिन्छ । मलिलो माटो भएकाले उब्जनी पर्याप्त मात्रामा हुने गरेको वडा नं ७ का वडाध्यक्ष लोकबहादुर गोदारले बताउनुभयो । करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सो कुलोले एकतप्पाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा