• होमपेज
  • समाचार
  • सन्राइज बैंक लिमिटेडको शाखा सानेपामा

सन्राइज बैंक लिमिटेडको शाखा सानेपामा

  • बुधबार, पुस २६, २०७४
सन्राइज बैंक लिमिटेडको शाखा सानेपामा

सन्राइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गर्नुभयो ।

सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गँुरागाई, ई.बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउने बिश्वास लिनुका साथै सानेपाबासीहरुलार्ई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ ।

हाल सन्राइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ७२ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार