• होमपेज
  • देश
  • चिसोमा आगो ताप्ने व्यवस्था

चिसोमा आगो ताप्ने व्यवस्था

  • बुधबार, पुस २६, २०७४
चिसोमा आगो ताप्ने व्यवस्था

हिमाल पारिको जिल्ला मनाङमा अत्यधिक चिसोका कारण जनजीवन थप कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

देशभरी नै चिसो बढिरहेका बेला मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेर जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको प्रतिकूल तापक्रमलाई मध्यनजर गरी चामे गाउँपालिका भवन अघिकोे खुला स्थान, नेस्याङ–४ हुम्दे बजार, नेस्याङ–६ मनाङ बजार, नाशोङ गाउँपालिका भवन अघि, चामे–३ कोतो बजार र ताल बजारलगायत स्थानमा अपराह्न ४ बजेदेखि आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

जाडो बढेसँगै मनाङको कूल छ हजार ५२७ जनसंख्यामध्ये हालसम्म करिब चार हजार व्यक्ति जाडो छल्न बाहिरी जिल्ला गएका छन् । अत्यधिक चिसोका कारण सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ ।रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि