सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरी नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा सिटिजन्स स्मार्ट बैंकिङ सुरु गरेको छ ।
यस सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने बताइएको छ । विश्वको जुनसुकै कुनाबाट जीपीआरएस वा वाईफाईमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ ।
यो सेवाको प्रयोगबाट रिचार्ज कार्ड, विजुली, टेलिफोन, एडिएसएल आदिको रकम भुक्तानी गर्न, यस बैंकभित्रको खाताबाट यसै बैंकको अर्को खातामा वा कुनै अर्को बैंक(४० वटा विभिन्न बैंक, विकास बैंक र वित्त कम्पनी) को खातामा रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शूल्क तिर्न र क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिन्छ ।
हाल एन्रोइड मोबाइल प्रयोगकर्ताका लागि प्ले स्टोरमा सिटिजन्स स्मार्ट बैंकिङ एप उपलब्ध रहेको छ । आईफोन प्रायेगकर्ताका लागि छिटै नै यो एपको व्यवस्था गरिने बैंकले जानकारी दिएको छ ।