• होमपेज
  • समाचार
  • काठमाडौंमा अझै चिसो बढ्ने

काठमाडौंमा अझै चिसो बढ्ने

  • आइतवार, पुस २३, २०७४
काठमाडौंमा अझै चिसो बढ्ने

काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो । महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए । जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ ।

विगत चार÷पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

यसैगरी केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ ।

हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय श्रवण सदाले गुनासो गर्नुभयो । त्यहाँ रहेका करिब ५०÷६० घर परिवारका दलित बस्तीका बालबालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएको उहाँले बताउनुभयो ।

चिसो हावासँगै बढेको अत्यधिक जाडोका कारण काम गर्न समेत जान नसकेकाले आफ्नो दिनचर्या बिताउन पनि समस्या हुने गरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का नरेश सदाले आफनो दुखेसो पोख्नुभयो ।

जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग नपाएकाले अहिले उनीहरुको जनजीवन कष्टकर बनेको बताइएको छ । त्यस्तै हनुमानगर कंकालनी नगरपालिका–५ मा रहेको मुसहर दलित समुदायका बासिन्दासमेत चिसोका कारण प्रभावित भएको स्थानीय मनोज मेहताले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार