• होमपेज
  • अर्थ/वाणिज्य
  • ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम

६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम

  • बुधबार, पुस १९, २०७४
६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम

आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरण गर्दा लाग्ने पूँजीगत लाभकर समयमा दाखिला नगर्दा टेलियासोनेरालाई करीव ५ अर्ब रुपैयाँको कर थपिएको छ ।

मंगलवार ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड रुपैयाँ कायम गरेको छ । उक्त रकम १५ दिनभित्र तिर्न पनि कार्यालयले स्वीडेनस्थित टेलियासोनेरा कम्पनीका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

पटक-पटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

कार्यालयले गत असारमा टेलियाका नाममा ब्याज तथा जरिवानासमेत जोडेर ६० अर्ब ७१ करोड रुपैयाँ पूँजीगत लाभकर कायम गरेको थियो । त्यसयता ६ महिनासम्म कर दाखिला नगरेपछि कार्यालयले त्यसमा लाग्ने १५ प्रतिशत ब्याज जोडेर नयाँ दायित्व सार्वजनिक गरेको हो ।

निर्धारित समयमा पनि कर दाखिला नगरे आयकर ऐन २०५८ बमोजिम अन्य कदम चाल्न बाध्य हुने कार्यालयले स्पष्ट पारेको छ ।

यसअघि कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत स्वीडेनको परराष्ट्र मन्त्रालयलाई पनि कर तिराउने प्रक्रियामा सहयोग पुर्‍याउन कुटनीतिक पत्राचार गरेको थियो । यद्यपि, हालसम्म टेलियाबाट कुनै प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ ।

२०७२ चैतमा टेलियाले आफ्नो स्वामित्वको एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटालाई विक्री गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा