• होमपेज
  • बीमा
  • प्रभु लाइफ इन्स्योरेन्स ३ बर्षमा सबै जिल्लामा पुग्ने

प्रभु लाइफ इन्स्योरेन्स ३ बर्षमा सबै जिल्लामा पुग्ने

  • बिहिबार, पुस २०, २०७४
प्रभु लाइफ इन्स्योरेन्स ३ बर्षमा सबै जिल्लामा पुग्ने

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पौष २० गते विहिवारदेखि आफ्नो शाखा कार्यालय वीरगंजको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गर्नुभयो । कार्यक्रममा कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेले छिट्टै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराउनु भयो । कार्यक्रममा कम्पनीका बिभागिय प्रमुखहरु लगायत वीरगंजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका संचालक अमात्यले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गर्नुभया े। ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’उहाँले भन्नुभयो, अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं ।‘

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गर्नुभयो । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौ ं। गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उहाँले भन्नुभयो, हाम्रो उदेश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो।‘

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने जानकारी गराउनुभयो । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार