प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख २१ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद जारी गरिसकेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्नेछ । फागुन ३ गतेसम्म खुला सेयरमा पुस २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।