• होमपेज
  • समाचार
  • कसैले माओवादी मकुन्डो लगाएर जनता तर्साइराछन् भन्ने सुनेको छु : डा. भट्टराई

कसैले माओवादी मकुन्डो लगाएर जनता तर्साइराछन् भन्ने सुनेको छु : डा. भट्टराई

  • मङ्लबार, कार्तिक २१, २०७४
कसैले माओवादी मकुन्डो लगाएर जनता तर्साइराछन् भन्ने सुनेको छु : डा. भट्टराई

गोर्खा,कार्तिक २१ –

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धीलाई नक्कली माओवादीको संज्ञा दिएका छन् ।
मंगलबार गोर्खाको छोप्राकमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै संयोजक भट्टराईले जनयुद्ध र जनआन्दोलनको बेला कतै नाम नसुनिएका मानिसहरु अहिले माओवादीको मकुन्डो ओडेर जनता तर्साइरहेको बताएका हुन् ।
उनले ज्ञानेन्द्रसँग मिल्न लागेका प्रचण्डलाई आफूले नै गिरिजाप्रसादसँग भेटाएर गणतन्त्र नेपालको अभियान सुरु गरेको दावी गरे ।

यस्तो छ बाबुरामको सम्बोधन सम्पादित अंश–

जब हामी एकअर्काविरुद्ध (माओवादी र संसदवादीहरु) लड्दै गयौं । तब तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार आफ्नो हातमा लिए, त्यतिबेला माओवादी आन्दोलनभित्र म नै थिएँ, अब दलहरुबीच जतिसुकै तिक्तता भए पनि त्यसलाई बिर्सिएर सबै दलहरु मिलेर लड्नुपर्छ । हाम्रो समान दुश्मन भनेको सामन्तवाद हो, राजतन्त्र हो, जसले पटक पटक लोकतन्त्र खोसेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा ००७ सालमा राणा शाहीविरुद्ध विद्रोह भएपछि आएको बहुदलीय व्यवस्थालाई राजा महेन्द्रले ०१७ सालमा खोसेका थिए । उनका छोरा ज्ञानेन्द्रले फेरि ०६०र६१ सालमा खोसे । त्यसैबाट पाठ सिकेर मैले नै अब दलहरु मिल्नुपर्छ र संविधानसभाबाट संघीय गणतन्त्र ल्याउनुपर्छ भन्ने प्रस्ताव अगाडि सारेँ ।

त्यतिबेला तत्कालीन माओवादीभित्र यसमा सहमति भएन । उल्टै ममाथि आरोप लगाइयो । मविरुद्ध अनेक किसिमका हतकण्डाहरु अपनाइए, जुन तपाईंहरुलाई थाहा छ । हो, त्यो जोखिम उठाएर मैले यो कुरा किन गरेको थिएँ भने दलहरु मिलेनन् भने यो देश निरन्तर अशान्तितिर जान्छ । देश प्रतिगमनतिर जान्छ, निरंकुशतातिर जान्छ । वैदेशिक शक्तिहरुले चलखेल गर्छन् र देशको राष्ट्रियता नै खतरामा पर्न सक्छ । त्यसैले लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति दलहरु मिल्नुपर्छ भनेर मैले नै पहल गरेको थिएँ ।

पछि प्रचण्डहरु र उहाँका दूतहरु तपाईंहरुको घरदैलोमा आएर उही पुरानै धङधङी बोकेर हाम्रो विरुद्ध सत्तोसराप गर्दै हिंड्नुभएको छ, तपाईंले उहाँहरुलाई सोध्नुस् कि त्यतिबेला तपाईंहरुको लाइन के थियो भनेर । उहाँहरु त्यतिबेला राजा ज्ञानेन्द्र मिलेर जानुपर्छ भन्ने लाइनमा हुनुहुन्थ्यो । भित्रभित्र रुक्मांगत कटुवाल र ज्ञानेन्द्रसँग मिलेर फेरि मुलुकमा प्रतिगमनको दिशामा लैजाने उनको लाइन थियो ।
तर, मेरो लाइन थियो, दलहरु मिलेर राजतन्त्र फाल्नुपर्छ र लोकतन्त्र संस्थागत गर्नुपर्छ । संविधानसभा र गणतन्त्र ल्याउनुपर्छ । हो, यहीबीचमा ०६० सालमा हाम्रो ठूलो घमासान माओवादी पार्टीभित्र भएको थियो । जब माघ १९ गते ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए र प्रचण्डहरु लोप्पा ख्वाए । त्यसपछि प्रचण्डजीसँग गिरिजाबाबु मैले पहिलो परिचय गराएँ ।

अहिले पनि दलहरु नमिल्दा प्राप्त उपलब्धि गुम्न सक्ने, प्रतिगमन हुनसक्ने र विदेशी शक्ति केन्द्रहरु सलबलाउने स्थिति बन्न सक्छ । त्यसैले हामीले लोकतान्त्रिक शक्तिहरु मिलेर हामी अगाडि बढेका छौं । यसर्थ, यसलाई गम्भीरतापूर्वक लिइदिनुहुन म अनुरोध गर्दछु ।
म यहाँहरुको कृपाले अर्थमन्त्री, प्रधानमन्त्री भइसकेको मान्छे, मलाई फेरि एकचोटि संसदमा मात्र झिर्ने रहर छैन । संविधान बनिसकेपछि अब नयाँ बाटो लिनुपर्छ भनेर माओवादी पार्टी र संसद समेत परित्याग गरेको मान्छे, मलाई कुनै संसद पदको पनि लोभ छैन । मलाई चिन्ता के छ भने, यतिधेरै सहिदहरुले रगत बगाएर ल्याएको गणतन्त्र कतै गुम्ने त होइन रु फेरि द्वन्द्व चाहने शक्तिहरु विभिन्न बहानामा देशमा द्वन्द्व चर्काउने, देशलाई अशान्तितिर लैजाने र राष्ट्रियतामाथि ठूलो खतरा पैदा गर्ने शक्तिहरु जब अगाडि आइरहेका छन् भने त्यतिबेला लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरु मिल्नुपर्छ । हामीसँग जतिसुकै दुःखकष्ट भए पनि हामीले मुटु मिचेर, त्यसलाई सहेर यी शक्तिहरुलाई परास्त गर्नुपर्छ भनेर हामीले हातेमालो गरेका छौं । त्यसैले म साथीहरुलाई यसको गम्भीरता बुझिदिनुहुन आग्रह गर्न चाहन्छु ।

मैले सुनिरहेको छु, यहाँ द्वन्द्वका घाउहरु दुखिरहेको छ । प्रकट अप्रकटरुपमा यहाँहरुले त्यसलाई अभिव्यक्त पनि गरिरहनुभएको छ । कतिपय मेरा आफन्तजनहरु र मेरा प्रियजनहरु पनि हुनुहुन्छ । उहाँहरुलाई भेटेरै द्वन्द्वका घाउहरु मेटाउन म तत्पर छु । मुख्य कुरा राजनीति नै हो । यसलाई ठिक ठाउँमा ल्याउन सकिएन भने हामीले व्यक्तिगतरुपमा मात्रै यसको समाधान गर्न सक्दैनौं । केन्द्रीय स्तरबाटै यसमा समझदारी बन्न आवश्यक छ ।

नयाँ शक्तिमा धेरै साथीहरुको माओवादी पृष्ठभूमि छ । म पनि हिजो माओवादी हुँ । म अहिले त्यसलाई त्यागेर आएको छु । माओवादीभित्र शान्ति, संविधान र समृद्धिका पक्षधरहरु र कांग्रेस मिलेर देशलाई नयाँ दिशातिर लैजानैपर्दछ । एकजना माओवादी नेताका हिसाबले मैले पनि त्यसको नैतिक दायित्व लिनुपर्छ । शान्ति तथा मेलमिलाप आयोग बनेको छ, त्यसले सत्यतथ्य छानबिन गरेर जे निष्कर्ष निकाल्छ, त्यसलाई मान्न हामी तयार छौं ।

युद्धको बेलाको ज्यानै गएको त क्षतिपूर्ति हुँदैन । तर उहाँहरुको परिवारका सदस्यहरुलाई विभिन्न समस्याहरु हुन्छन्, त्यसको हल गर्ने अधिकार सत्य निरुपण तथा मेलमिलाप आयोगले लिएको छ । त्यसले नै हल गर्नेछ । त्यसलाई हामी दुवै पक्षले मानौं ।
अहिले केही पछुवाहरु अगाडि लागेर आइरहेका छन्, भ्रम छरिरहेका छन्, तिनीहरुलाई जिताएर लाभ कस्लाई हुन्छ रु नोक्सान कसलाई हुन्छ रु नोक्सान जनतालाई हुन्छ, तपाईं हामीलाई हुन्छ । लोकतन्त्र, गणतन्त्र, शान्ति, संविधानलाई हुन्छ । तर लाभ भने देशमा अशान्ति र द्वन्द्व मच्चाएर स्वार्थ पूरा गर्न खोज्नेहरुलाई हुन्छ । देशलाई धरापमा पार्न चाहने शक्तिलाई लाभ हुन्छ । यसर्थ, यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

मैले सुनेको छु, माओवादी आन्दोलनमा नभएका मानिसहरु, हिजो लोकतन्त्रको लडाईंमा कहीँ नदेखिएका, नाम नसुनिएका मानिसहरु अहिले फेरि माओवादी मुकुन्डो ओडेर आएर तपाईंहरुलाई तर्साउने प्रयत्न गरिरहेका छन् भन्ने म सुन्छु । कतै विकास निर्माणको काम त बाबुरामले गरेको होइन, माओवादीले गरेको हो भन्ने भ्रम फैलाइरहेका छन् भन्ने पनि सुनिरहेको छु ।
माओवादीले विकास गरेको भए म अर्थमन्त्री भइसकेपछि यहाँबाट चुनिएर गएकाहरुले के गर्नुभयो, जो मन्त्री पनि हुनुभयो । म नाम लिन चाहन्नँ । उहाँहरुले कुन चाहिँ माखो मार्नुभयो रु यो क्षेत्रमा कहाँ माखो मारे रु मलाई बताइदिनुहोस् त । प्रचण्डजी ९ महिना प्रधानमन्त्री हुनुभयो । उहाँको पालामा पनि मन्त्रीहरु भए, अहिले पनि बिनाविभागीय मन्त्री भएर भत्ता खाएर बसिरहनु भएको छ । लाजै पचाएर । शेरबहादुरको सरकारमा बस्ने, एमालेसँग मिल्ने तर, भत्ता चाहिँ शेरबहादुरको सरकारमा बसेर खाने । यस्ता निर्लज्ज मानिसहरुले गरे के त गोर्खामा रु माओवादी पार्टीले गरेको हो भने उहाँहरुले भन्न सक्नुपर्यो । के गर्नुभयो रु उहाँहरुले केही माखो मार्नुभएन र माखो मार्न सक्दा पनि सक्नुहुन्न ।

तर, हामी गर्न सक्छौं । मिलेर अगाडि बढौं । लोकतन्त्रलाई संस्थागत गरौं । विकास र समृद्धिको नेतृत्व गरौं । त्यसैको निम्ति यो महत्वपूर्ण निर्वाचन भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार