• होमपेज
  • समाचार
  • यस्तो छ मतदान प्रक्रिया,तीन मतपत्र-चार छाप, मत बदर नहोस् है !

यस्तो छ मतदान प्रक्रिया,तीन मतपत्र-चार छाप, मत बदर नहोस् है !

  • मङ्लबार, कार्तिक २१, २०७४
यस्तो छ मतदान प्रक्रिया,तीन मतपत्र-चार छाप, मत बदर नहोस् है !

काठमाडौं,कार्तिक २१ –

निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न गरेको छ ।सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापेको छ ।

तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।

प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न हुनेछ भने प्रदेशसभा निर्वाचनको लागि सेतो मतपत्रमा कालो चुनाव चिह्न हुनेछ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भने हल्का रातो रङको मतपत्र प्रयोग हुनेछ।

तीन मतपत्रमा कसरी हुन्छ चार छाप ?

हरियो रङको निर्वाचन चिह्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि हो । त्यसमा उल्लिखित निर्वाचन चिह्नमध्ये कुनै एकमा स्वस्तिक छाप लगाउनुपर्छ । यस्तै, प्रदेशसभा निर्वाचनका लागि कालो चुनाव चिह्न हुनेछ । त्यसमा पनि कुनै एक चिह्नमा छाप लगाउनुपर्छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुई वटा मतपत्रमा छाप लगाएपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गर्न मतदान गर्नुपर्छ । त्यसका लागि आयोगले हल्का रातो मतपत्रको व्यवस्था गरेको छ । हल्का रातो मतपत्र भने दुई खण्डमा विभाजित हुन्छ । पहिलो खण्ड प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवार चयन गर्न हो भने दोस्रो खण्ड प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गर्न हो।

यस्तो छ मतदान प्रक्रिया

मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनेछन् । मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ । मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन् । पहिलो घेरा (गोप्य कक्ष) प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन् ।

त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन् । तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन् । समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्न हुनेछन् । मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ । समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन् ।

तीन थरी मतपत्र तीन रंगका छन् । प्रत्यक्षतर्फ सेतो पानामा कालो रंगले चिह्न छापिएको प्रदेशसभाको, हरियो रंगले चिह्न छापिएको प्रदेशसभाको र रातो रंगले चिह्न छापिएको समानुपातिकतर्फका मतपत्र छन्

Facebook Comments

सम्बन्धित समाचार