• होमपेज
  • समाचार
  • नुवाकोटमा एम्बुलेन्स पल्टिँदा एकको मृत्यु,दुईजना सम्पर्क बिहिन

नुवाकोटमा एम्बुलेन्स पल्टिँदा एकको मृत्यु,दुईजना सम्पर्क बिहिन

  • मङ्लबार, कार्तिक २१, २०७४
नुवाकोटमा एम्बुलेन्स पल्टिँदा एकको मृत्यु,दुईजना सम्पर्क बिहिन

नुवाकोट,कार्तिक २१ –

नुवाकोटमा सोमबार राति एम्बुलेन्स पल्टिँदा एकजनाको ज्यान गएको छ । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

समुन्द्रटारबाट काठमाडौंका लागि छुटेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स पल्टिएको हो । एम्बुलेन्समा तीनजना चढेको भनिए पनि दुईजना सम्पर्क बिहिन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ । दुर्घटनास्थलमा मृतक मकवानपुर मनहरीका भारतीको मात्र नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार