• होमपेज
  • समाचार
  • ‘मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन’: नेता खाँड

‘मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन’: नेता खाँड

  • सोमवार, कार्तिक २०, २०७४
‘मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन’: नेता खाँड

काठमाडौँ, कार्तिक २०–

नेपाली काँग्रेसका नेता एवं पार्टीका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले मधेश र मधेशी जनतालाई गाली गरेर सच्चा राष्ट्रवाद नठहरिने बरु यसबाट राष्ट्रिय एकता कमजोर हुने बताउनुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काँग्रेसका कार्यकर्ता तथा मतदाता मतदान केन्द्रसम्म नजाने र मतपत्र पनि बदर हुने स्थिति धेरै भएकाले सबै मतदातालाई मतदान केन्द्रसम्म जान प्रेरित गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका पूर्व अध्यक्ष शान्तिकृष्ण अधिकारीले आगामी चुनावमा काँग्रेसलाई जिताउन सबै कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्राध्यापक उद्धव सिग्देल र प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत् तिमिल्सिनाले देशमा परिवर्तन ल्याउने जिम्मेवारी काँग्रेसका युवाको काँधमा आएको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार