• होमपेज
  • समाचार
  • वडा अध्यक्षसहित ८ जना माओवादी नेता कांग्रेसमा प्रवेश

वडा अध्यक्षसहित ८ जना माओवादी नेता कांग्रेसमा प्रवेश

  • सोमवार, कार्तिक २०, २०७४
वडा अध्यक्षसहित ८ जना माओवादी नेता कांग्रेसमा प्रवेश

काठमाडौं, कात्तिक २० –

डडेलधुरामा वडा अध्यक्षसहित आठ जना माओवादी नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका वडा अध्यक्ष चेतराज भट्टसहित माओवादी केन्द्रका आठ जना विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्यता दिएर प्रवेश गराउनु भएको हो ।

कांग्रेसमा प्रवेश गर्नुभएका भट्ट गएको स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा-४ मा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँको स्वकीय अधिकृतसमेत हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुनुहुन्छ ।

त्यस्तै डडेलधुराकै वाइसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गर्नुभएको छ । त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाइदिएर कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार