• होमपेज
  • समाचार
  • भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बा परिषरमा सरसफाइ

भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बा परिषरमा सरसफाइ

  • शनिबार, कार्तिक १८, २०७४
भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बा परिषरमा सरसफाइ

चितवन,कार्तिक १८-

नेपाल तमू विद्यार्थी छोँज धीँ जिल्ला कार्य समिति चितवनले शनिबार भरतपुर तीनखोलेस्थित महाबौद्ध गुम्बा परिषरमा सरसफाइ गरेको छ । गुम्बा एउटा धार्मिक संस्था मात्रै नभई धेरै मानिसहरू घुम्नसमेत आउने ठाउँ भएकोले सरसफाइ गरिएको छोँज धीँले जनाएको छ । बौद्ध धर्मावलम्बीहरूका लागि दैनिकजसो पूजापाठ भइरहने स्थानमा फोहोर बढ्दै गएकोले सरसफाइ गरिएको छोँज धीँकी उपाध्यक्ष सुनिता गुरूङले जानकारी दिइन् ।

गुम्बा परिषरमा भएका सबै संघसंस्थाहरूसँगको समन्वयमा सरसफाइ गरिएको उनले बताइन् । कार्यक्रममा गुम्बा परिषरमा भएका संघसंस्थाका प्रतिनिधि तथा विभिन्न क्याम्पसका इकाइ समितिको सहभागीता रहेको थियो । विद्यार्थीले गरेको कार्यक्रम सह्राहनीय भएको भन्दै बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष इमानबहादुर गुरूङले गुम्बा परिषर सबैको साझा संस्था भएकोले यसको संरक्षण, सम्बद्र्धन र सरसफाइमा सबैले उत्तिकै ध्यान दिनुपर्ने बताए ।

तमुस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष योगमाया गुरूङले विद्यार्थीहरूको यो कार्यक्रमले अभिभावकीय संस्थाहरूसँगको सम्बन्ध झनै बढ्दै जाने धारणा राखिन् । चितवन जिल्लाको गुरूङ समुदायको लागि नेपाल तमू विद्यार्थी छोँज धीँको योगदान मह¤वपूर्ण रहेको उनले बताइन् । आफ्नो सन्तानबिना अभिभावक अगाडि बढ्न नसक्ने भन्दै उनले वर्षौँदेखि विद्यार्थीले अभिभावकहरूलाई गरेको सहयोगको स्मरण गरिन् । यस्तै जयबुद्ध अस्पताल प्रालिका निर्देशक लोकबहादुर गुरूङले चितवन जिल्लामा तमू विद्यार्थी छोँज धीँको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोले विद्यार्थीहरूको हरेक कार्यक्रममा आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताए । जिल्लामा मात्रै नभई नेपालकै लागि चितवन जिल्लाको तमू विद्यार्थी धेरै अगाडि रहेको उनको भनाइ थियो ।

नेपाल तमू विद्यार्थी छोँज धीँका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विमश गुरूङले पनि नेपालमा तमू विद्यार्थीको मूल्यांकन गर्ने हो भने चितवन जिल्लाको विद्यार्थी सबैभन्दा अगाडि आउन सक्ने दावी गरे । विद्यार्थीले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण र सम्बद्र्धनका लागि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । तीबाहेक संस्कृति संरक्षणका लागि हरेक वर्ष तमू ल्होछार पर्वमा साँस्कृतिक कार्यक्रमको जिम्मेवारीसमेत तमू विद्यार्थी छोँज धीँले नै सम्हाल्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)