• होमपेज
  • समाचार
  • चुनाव जिते सरकारी सुविधा नलिने एमाले उम्मेदवारको घोषणा

चुनाव जिते सरकारी सुविधा नलिने एमाले उम्मेदवारको घोषणा

  • शनिबार, कार्तिक १८, २०७४
चुनाव जिते सरकारी सुविधा नलिने एमाले उम्मेदवारको घोषणा

ओखलढुंगा, कात्तिक १८–

ओखलढुंगाबाट प्रदेशसभा सदस्यका उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुङले चुनाव जितेर आफू सांसद भए कुनै प्रकारको सरकारी सुविधा नलिने घोषणा गर्नुभएको छ । संयुक्त वाम गठबन्धनका तर्फबाट ओखलढुंगाको क्षेत्र ‘क’ बाट उम्मेदवार बन्नुभएका नेता गुरुङले आफू निर्वाचित भए सांसद भएबापत सरकारबाट पाउने सबै सेवा नलिने घोषणा गर्नुभएको हो ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले पाउने सबै सुविधा जिल्लाका समस्या समाधानमा नागरिकहरुलाई उपलब्ध गराउने घोषणा गर्नुभएको हो । जिल्लाको विकास र समृद्धिका लागि काम गर्न उम्मेदवार बनेको बताउँदै उहाँले चुनाव जितेर सांसद भएपछि आफूले पाउने सबै सुविधा जिल्लाका गरिब र विपन्न बासिन्दाको हितमा खर्च गर्ने बताउनुभयो ।

गुरुङले विगतमा नागरिकको नाममा आउने सामान्य बजेटमै भ्रष्टाचार हुने गरेको भन्दै गाउँको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो एजेण्डा रहेको जानकारी दिनुभयो । चुनाव जितेमा सांसदका हैसियतले पाउने सबै सुविधा व्यक्तिगत रुपमा नलिने भनेर घोषणा गर्ने गुरुङ ओखलढुंगाका एक मात्र उम्मेदवार हुन् ।

Facebook Comments

सम्बन्धित समाचार