• होमपेज
  • समाचार
  • बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

  • शुक्रबार, कार्तिक १७, २०७४
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

लहान, कार्तिक १७ –

बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो। सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मो। अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गत असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार