• होमपेज
  • समाचार
  • बाँकेमा कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुद्धारा पार्टी कार्यालयमा तालाबन्दी

बाँकेमा कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुद्धारा पार्टी कार्यालयमा तालाबन्दी

  • बिहिबार, कार्तिक १६, २०७४
बाँकेमा कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुद्धारा पार्टी कार्यालयमा तालाबन्दी

नेपालगञ्ज,कार्तिक १६ –

बाँकेमा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका कार्यककर्ताहरुले मनोनयन दर्ता अघि पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ताभित्र असन्तुष्टि बढेको हो ।

राप्रपालाई दिने सहमति भएपनि जिल्लामा निर्णय नआउदा अन्योल भएको जिल्ला समिति सदस्य सुधांशु कोइरालाले जानकारी दिए ।

यो क्षेत्र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको क्षेत्र हो । यहाँ राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार