• होमपेज
  • समाचार
  • कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

  • बिहिबार, कार्तिक १६, २०७४
कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

काठमाडौं,कार्तिक १६

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुकलाई स्थायित्व र विकासको गति प्रदान गर्न नेपाली कांग्रेसले अबको पाँच वर्ष सरकार बाहिर रहनुपर्ने बताएका छन् । पूर्व सभामुखसमेत रहेका नेम्वाङले नेपाली कांग्रेसले लामो समयदेखि सरकारमा सहभागी हुँदै आएकोले अबका केही वर्ष प्रतिपक्षमा रहनुपर्ने बताएका हुन् ।

रेडियोसँग बिहीबार बिहान कुराकानी गर्दै नेता नेम्वाङले भने नेपाली कांग्रेसले यो पटकको चुनावमा हारेर सरकार बाहिर रही आफूलाई सच्चउनु पर्छ । उनले कांग्रेसले वाम गठबन्धनलाई आरोप लगाएर केही पनि फाइदा नहुने बताएका छन् । उनले भने, ‘आर्थिक समृद्धि, विकास र प्रजातन्त्रको रक्षा लागि वाम गठबन्धन आवश्यक छ । नेपालका कम्युनिष्टहरुलाई बाहिर राखेर नेपालको उपलब्धि पुरा हुन सक्दैन ।’

निर्वाचनपछि पनि अस्थिरता नहोस भने वाम गठबन्धन बनाएको बताउँदै जनताले अब स्थिरता कायम गर्न सक्ने पार्टीलाई जनादेश दिएर संसदमा पठाउनेमा आफ्नो पार्टी विश्वस रहेको बताए ।

आफ्नो पार्टीले घोषणापत्र ल्याउन केही ढिलो भएको स्वीकार गर्दै नेता नेम्वाङले मस्यौदा तयार भइसकेको बताए । उनले भने, ‘त्यसलाई अन्तिम रुप दिने प्रयास भइरहेको छ । आजभोली नै घोषणापत्र सार्वजनिक हुन्छ ।’

चुनावपछि एमाले–माओवादी पार्टी एकिकरण गर्छौ जसका लागि माओवादी र एमालेको संघर्ष र उपलब्धिहरुलाई समग्रमा समेट्ने बताए । – नागरिकबाट साभार

Facebook Comments

सम्बन्धित समाचार