• होमपेज
  • समाचार
  • मारवाडी महिला सोनी प्रदेश सभामा सिफारिस

मारवाडी महिला सोनी प्रदेश सभामा सिफारिस

  • बिहिबार, कार्तिक १६, २०७४
मारवाडी महिला सोनी प्रदेश सभामा सिफारिस

विराटनगर,कार्तिक १६ –

नेपाली काँग्रेसले प्रदेश सभाका लागि अल्पसंख्यक मारवाडी महिला अनिता सोनीलाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।
काँग्रेसले प्रदेश सभाका लागि समानुपातिकतर्फबाट उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउँदा विराटनगरकी सोनीको नाम अग्रस्थानमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उद्यमी सोनी दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । अखिल भारत वर्ष माहेश्वरी महिला संगठनमा नेपालका तर्फबाट कार्य समिति सदस्यमा प्रतिनिधित्व गर्ने उहाँ एक मात्र महिला हुनुहुन्छ ।-रासस

Facebook Comments

सम्बन्धित समाचार