• होमपेज
  • समाचार
  • नयाँ शक्ति नेपाल चितवन क्षेत्र नः १ एमालेमा समाहित

नयाँ शक्ति नेपाल चितवन क्षेत्र नः १ एमालेमा समाहित

  • बिहिबार, कार्तिक १६, २०७४
नयाँ शक्ति नेपाल चितवन क्षेत्र नः १ एमालेमा समाहित

चितवन, कात्तिक १६-

नयाँ शक्ति नेपाल पार्टी निर्वाचन क्षेत्र नं. १ को पुरै कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

संयुक्त वाम गठवन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै एमालेमा समाहित भएको आज विज्ञप्ति मार्फत जानकारी गराएको छ । नयाँ शक्ति नेपाल पार्टी क्षेत्रीय कमिटीका संयोजक लालमणि कुवर र नेकपा एमालेका क्षेत्रीय कमिटी १ का संयोजक धनश्याम कडेलले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, नयाँ शक्ति नेपालका क्षेत्रका संयोजक कुवरले आगामी दिनमा सवै नेताहरुलाई उचित स्थान दिएर लैजानको लागि एमाले तयार भएको, वाम गठवन्धनको उम्मेदवारलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता भएकाले एमालेमा समाहित भएको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार