• होमपेज
  • समाचार
  • कांग्रेस र राजपा बीच प्रदेश नम्बर २ का पाँच स्थानमा तालमेल

कांग्रेस र राजपा बीच प्रदेश नम्बर २ का पाँच स्थानमा तालमेल

  • बुधबार, कार्तिक १५, २०७४
कांग्रेस र राजपा बीच प्रदेश नम्बर २ का पाँच स्थानमा तालमेल

काठमाडौं,कार्तिक १५ –

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच प्रदेश नम्बर २ का केही स्थानमा मात्रै चुनावी तालमेल हुने भएको छ ।

दुई दलबीच भएको सहमतिअनुसार कांग्रेसले राजपाका शीर्ष नेताहरुलाई सघाउने छ भने राजपाले धनुषा–३ मा बिमलेन्द्र निधि र राजमार्ग क्षेत्रमा पर्ने केही निर्वाचन क्षेत्रमा सघाउने छ । मंगलबार राति भएको सहमतिअनुसार कांग्रेस र मधेशवादी दलहरुबीच महोत्तरी, सर्लाही र धनुषाका पाँच निर्वाचन क्षेत्रमा चुनावी तालमेल नै भइसकेको राजपा महासचिव केशव झाले जानकारी दिए ।

उनका अनुसार दुई दलबीच धनुषा–३, महोत्तरी–२ र ३ तथा सर्लाही–२ र ४ निर्वाचन क्षेत्रमा एक अर्कालाई चुनावमा सघाउने सहमति भएको हो । सहमति अनुसार धनुषा–३ मा राजपाले कांग्रेस नेता बिमलेन्द्र निधिलाई सघाउने भएको छ । कांग्रेसले महोत्तरी–२ मा शरदसिंह भण्डारी, महोत्तरी–३ मा महन्थ ठाकुर, सर्लाही–२ मा महेन्द्र राय यादव र सर्लाही–४ मा राजेन्द्र महतोलाई चुनावमा सघाउनेछ ।

राजपा महासचिव झाले नेताहरु अनिल झा र राजकिशोर यादवका निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्नेबारे कांग्रेससँग छलफल चलिरहेको जानकारी दिए । उनले राजपाका शीर्ष नेताहरु चुनाव लड्ने बाहेकका निर्वाचन क्षेत्रमा चुनावी तालमेल नगर्ने स्पष्ट पारे । ‘‘हाम्रा शिर्ष नेताहरु लड्ने ५–६ ठाउँबाहेक अरु ठाउँमा कांग्रेससँग चुनावी तालमेल हुँदैन,’’ उनले भने, ‘‘हाम्रा शिर्ष नेतालाई सघाएवापत हामीहरुले राजमार्ग क्षेत्रमा कांग्रेस नेतालाई सहयोग गर्छौं ।’’

Facebook Comments

सम्बन्धित समाचार