• होमपेज
  • समाचार
  • पर्वतमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पर्वतमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

  • बुधबार, कार्तिक १५, २०७४
पर्वतमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

फलेवास,(पर्वत),कार्तिक १५ –

पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो।

नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर एकापसमा ठोक्किएका थिए। स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। बसका यात्रु भने सकुशल छन्। – रासस

Facebook Comments

सम्बन्धित समाचार