• होमपेज
  • समाचार
  • जग्गाका विषयमा विवाद हुँदा छोराहरुले बाबुको हत्या गरेको आरोप

जग्गाका विषयमा विवाद हुँदा छोराहरुले बाबुको हत्या गरेको आरोप

  • बुधबार, कार्तिक १५, २०७४
जग्गाका विषयमा विवाद हुँदा छोराहरुले बाबुको हत्या गरेको आरोप

कलैया ,कार्तिक १५ –

बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।
मंगलबार बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा उपचारका क्रममा बिहान ९स्४५ मा मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । – रासस

Facebook Comments

सम्बन्धित समाचार