• होमपेज
  • समाचार
  • कैदी नकैदी नम्बर ५७६ः यस्तो छ बालकृष्ण ढुंगेलको कारागारको बसाई

कैदी नकैदी नम्बर ५७६ः यस्तो छ बालकृष्ण ढुंगेलको कारागारको बसाई

  • बुधबार, कार्तिक १५, २०७४
कैदी नकैदी नम्बर ५७६ः यस्तो छ बालकृष्ण ढुंगेलको कारागारको बसाई

काठमाडौँ, कात्तिक १५ –

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन्। उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् ।

त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ। टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् । ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ। उनले सुत्नका लागि अरु” कैदिसरह खाट पाएका छैनन्। बुधबार भने उनले खाट पाउने कारागार कर्मचारी स्रोतले जनाएको छ ।

उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ। ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो ।

कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन्। नयाँपत्रिकामा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार