मौसमविद् फेल !

  • बुधबार, कार्तिक १५, २०७४
मौसमविद् फेल !

काठमाडौँ, कात्तिक १५ –

मौसमविदहरुको पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा पोस्ट मनसुनको प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ। यस्तो प्रभाव अझै केही दिन दाहोरिने भएको छ। यसअघि मौसमविदले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए।
तर वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र ९वर्षा गराउने प्रणाली०को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत छ।

यससँगै गत साताको अन्त्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसमविद सुवास रिमालले बताए। ‘मुलुकको पूर्वी भेगबाट बाहिरिनुपर्ने वायु हामीले अपेक्षा गरेअनुसार बाहिरन सकेन,’ उनले भने,‘ केही दिनअघि बंगलादेशमा सतही रूपमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभाव पनि थपिँदा मौसम राम्रोसँग खुल्न नसकेको हो।’ नेपाल समाचारपत्रमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार