• होमपेज
  • समाचार
  • नारायणी नदीमा बेपत्ता श्रेष्ठ दाजुभाइ अझै भेटिएनन्

नारायणी नदीमा बेपत्ता श्रेष्ठ दाजुभाइ अझै भेटिएनन्

  • शुक्रबार, कार्तिक ३, २०७४
नारायणी नदीमा बेपत्ता श्रेष्ठ दाजुभाइ अझै भेटिएनन्

चितवन, कार्तिक ३–

विहीबार दिउँसो नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई दाजुभाई अझै भेटिएका छैनन् ।

पवित्र तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उहाँका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा बेपत्ता हुनुभएको हो ।

दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उहाँहरू बेपत्ता हुनुभएको थियो।  बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार