• होमपेज
  • समाचार
  • कञ्चनपुरमा १०२ जना एचआइभी संक्रमितको मृत्यु

कञ्चनपुरमा १०२ जना एचआइभी संक्रमितको मृत्यु

  • बिहिबार, कार्तिक २, २०७४
कञ्चनपुरमा १०२ जना एचआइभी संक्रमितको मृत्यु

भीमदत्तनगर, कार्तिक २–

विभिन्न समयमा गरेर कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको एचआइभी एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमितमध्ये १०२ जनाको हालसम्म मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले एचआइभी/एड्स औषधि सेवन गर्न सम्पर्कमा नआउँदै २५ र औषधि सेवन गरिरहेका मध्येबाट ७७ जनाको मृत्यु भएको बताउनुभयो । २१ बालबालिकासहित ३६८ जनाले नियमित औषधि सेवन गरिरहेको बताउँदै जनस्वास्थ्य निरीक्षक भट्टले पछिल्ला वर्षमा एचआइभीका संक्रमितहरु बढ्दै गइरहेको बताउनुभयो ।

“सम्पर्कमा आएकामध्ये २२ जनाले औषधि नै सेवन गरेनन्”, भट्टले भन्नुभयो, “दश जनाले औषधि सेवन गर्न बीचमै छाडे ।” संक्रमितहरु अञ्चल अस्पतालमा निःशुल्क औषधि लिन र स्वास्थ्य चेकजाँचका लागि नियमित आउने गरेका छन् । “शुरुमा त संक्रमित खुलेर आउनै अप्ठ्यारो मान्थे ।” जनस्वास्थ्य निरीक्षक भट्टले भन्नुभयो, “अहिले नियमित आएर औषधि लिएर जान्छन् ।” उहाँले संक्रमितको स्वास्थ्य परीक्षणदेखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार