• होमपेज
  • समाचार
  • कोकाकोलाको ‘मन खोलौं कोकसँग’ अभियान सकियो, १७ हजार बढि विजेता

कोकाकोलाको ‘मन खोलौं कोकसँग’ अभियान सकियो, १७ हजार बढि विजेता

  • बुधबार, कार्तिक १, २०७४
कोकाकोलाको ‘मन खोलौं कोकसँग’ अभियान सकियो, १७ हजार बढि विजेता

काठमाडौं, कार्तिक १–

कोकाकोला नेपालले संचालन गरेका दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान अन्तर्गत ‘मन खोलौं कोकसँग’ अभियान भब्य रुपमामा सम्पन्न भएको छ ।

यो अभियान परिवारहरुसँग सम्बन्ध बिस्तार गर्दै ‘कोका–कोलाका साथमा भावना व्यक्त गर्न’ उपभोक्ताहरुलाई प्रोत्साहित गराउनु मूख्य उद्देश्य रहेको थियो । महोत्सवमय अवसर नातागोताहरुका साथमा मनाई रहँदा, कोका–कोलाले यो वर्षको सबैभन्दा ठूलो अभियान मध्येको एक उपभोक्ता प्रबद्र्धन अफर पनि ल्याएको थियो । यो वर्षको अभियानमा, प्रत्येक दिन हालै बजारमा लन्च भएको मोटरबाइक टिभीएस स्ट्राइकर १२५ सीसी जित्न सकिने थियो । यस अभियानको अन्य आकर्षक पुरस्कारहरुमा ४ वटा एलजी एलईडी टिभी दैनिक र रु. १०० मूल्य बराबरको मोबाइल रिचार्ज ४०० जनाका लागि दैनिक रुपमा ईसेवाको माध्यमबाट रहेका थियो ।

यस अभियानको अन्य आकर्षक पुरस्कारहरुमा ४ वटा एलजी एलईडी टिभी दैनिक र रु. १०० मूल्य बराबरको मोबाइल रिचार्ज ४०० जनाका लागि दैनिकरुपमा ईसेवाको माध्यमबाट रहेका थिए । रु. १.१ करोड भन्दा बढी मूल्यका उपहारहरु यो उत्सवमय मौसममा घोषणा गरिएको थियो ।

यो अभियानको अवधिभर नेपालभर १७ हजार भन्दा बढि बिजेताहरुको नाम घोषित गरिएको थियो । अभियानमा अत्यधिक प्रतिकृयाहरु प्राप्त भए जसमा ४,००,००० भन्दा बढि यूनिक एसएमएस नेपालभरबाट अभियान अवधिभर प्राप्त भएको थियो । कोका–कोला नेपालले आफ्ना उपभोक्ताहरुलाई लक्षित गरि आकर्षित अफर र अभियानहरु बेला बेलामा ल्याईरहेको हुन्छ । कोका–कोलाले सँधै आफ्ना उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न किसिमका पेय उत्पादनहरु ल्याउने गरेको छ । यसका साथै उपभोक्ताहरुसँगको सम्बन्धलाई सुमधुर बनाईराख्न प्रभावकारी र ससक्त अफरहरु ल्याउने गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले अभियान समापनको घोषणा गर्दै भन्नुभयो, “यो अभियानले कोका–कोला र हाम्रा उपभोक्ताहरु बीच विशेष सम्बन्धलाई सफलता पूर्वक ससक्त बनाउनुका साथै निकै ठूलो लोकप्रियता हासिल गर्न सफल भएको छ । हामी यो अभियान प्रभावकारी रुपमा संचालन गर्न निकै हर्षित भएका छौं ।”

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा